बाढीपहिरो प्रभावितका लागि दृष्टि आई केयरद्वारा १६ लाख बढी सहयोग
swasthyakhabar.com · Fri Sep 04 08:53:23 GMT 2026

काठमाडौं- बाढीपहिरो प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले १६ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
दृष्टि आई केयर सिस्टमको संस्थागत योगदान १२ लाख रुपैयाँ र दृष्टि परिवारका कर्मचारी सदस्यहरूको स्वेच्छिक एक दिनको तलबबाट ४ लाख १ हजार रुपैयाँ गरी जम्मा १६ लाख १ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम बराबरको चेक आज माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)