अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने
khabarhub.com · Fri Sep 04 09:02:22 GMT 2026

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको छ । यसै सिलसिलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूतहरू ज्यारेड कुश्नर र स्टिभ विट्कफले रुसको भ्रमण गर्ने तयारी गरेका छन् ।
रुसको भ्रमणपछि उनीहरू युक्रेनको राजधानी किभ जाने कार्यक्रम रहेको छ। यसअघि अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले पनि रुसको भ्रमण गरिसकेका छन् । पछिल्लो समय अमेरिका र रुसबीचको यो उच्चस्तरीय संवादलाई युक्रेन संकट समाधानको सम्भावित मार्गचित्रसँग जोडेर निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)