गोरखा हुलाकले अब आफ्नै डाँक गाडीले चिठीपत्र बोक्ने
annapurnapost.com · Fri Sep 04 09:07:09 GMT 2026

गोरखा : गोरखाको चिठीपत्र तथा सरकारी कागजात अब गोरखाकै डाँक गाडीले बोक्ने भएको छ। यसअघि सार्वजनिक सवारी साधनले बोक्ने गरेको चिठीपत्र तथा सरकारी कागजात बिहिबारदेखि आफ्नै डाँक गाडीले बोक्न थालिएको कार्यालयले जनाएको छ।
हुलाकलाई डाँक बोक्ने प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराएको छ। गृहमन्त्रालयको निर्णय अनुसार हुलाक कार्यालयलाई गाडी हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)