विप्लव नेतृत्वका थप ५ केन्द्रीयसहित ३३ जनाले छाडे पार्टी, आलोचना गर्नेमाथि अनावश्यक कारबाही गरेको आरोप
nepalpress.com · Fri Jun 26 11:28:39 GMT 2026

रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रुपन्देहीबाट प्रतिनिधित्व गरेका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता-कार्यकर्ताले आज पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको सार्वजनिक घोषणा गरेका छन् । उनीहरुले आज संयुक्त रुपमा पार्टी तथा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जनाएका छन् ।
यसरी पार्टी छाड्नेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारू रहेका छन् । त्यसैगरी जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्य तथा पालिका तहका विभिन्न पदाधिकारीसहित ३३ जनाले संयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)