आधुनिक प्रविधिमा आधारित अनुसन्धान आवश्यक : मन्त्री महतो
gorkhapatraonline.com · Fri Jun 12 10:34:42 GMT 2026

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले गृह तथा संगठित अपराध अनुसन्धानको क्षेत्रमा विगत केही वर्षमा उल्लेखनीय प्रगति हासिल भए पनि बदलिँदो अपराध प्रवृत्तिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आधुनिक प्रविधिमा आधारित अनुसन्धान प्रणालीको आवश्यकता रहेको बताउनुभएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय तथा नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतोले अनुसन्धानलाई वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)