नाटोप्रति ट्रम्पको असन्तुष्टि
barnanmedia.com · Fri Jul 03 20:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताउनुभएको छ । टर्कीको राजधानी अङ्कारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गर्नुभयो । उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)