भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
ratopati.com · Fri Jun 12 10:39:32 GMT 2026

हुम्ला । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यका साथ नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको कार्य अगाडि बढेको छ। हुम्लाको चंखेली गाउँपालिका–२ मा एक विशेष कार्यक्रमका बिच उक्त अस्पताल भवनको विधिवत शिलान्यास गरिएको हो। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ यो परियोजना अघि सारिएको हो।
यो सुविधासम्पन्न अस्पताल भवन भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यस अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)