कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
gorkhapatraonline.com · Fri Jun 12 10:40:37 GMT 2026

कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यबिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ ।
आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकले गत हप्ता आतङ्कवाद विरोधी कानुनअन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ । यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीलाई उल्लखे गर्दै एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)