भोटेकोशी बाढी : गोरखाका ५७ जना बढी बेपत्ता
annapurnapost.com · Thu Aug 27 07:13:53 GMT 2026

गोरखा : बुधबार बिहान भोटेकोशीको बाढीमा परेर गोरखाका कम्तीमा ५७ जना बेपत्ता भएका छन् । विभिन्न पालिकाबाट कामको सिलसिलामा तथा तीर्थयात्राका लागि रसुवा,नुवाकोट गएकाहरू सम्पर्कविहीन भएको पालिका प्रमुखहरूले जानकारी दिएका छन् ।
प्राप्त जानकारीअनुसार हालसम्म पालुङटार नगरपालिकाका ३१ जना, सहिदलखन गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिकाका ४ जना, भिमसेनथापा गाउँपालिकाका ३ जना, बारपाकसुलिकोट गाउँपालिकाका ६ सिरानचोक गाउँपालिकाका २ र आरुघाट गाउँपालिकाका ३ जना बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)