बाढी प्रभावित समुदायका लागि कुमारी बैंकको ३ करोड रुपैयाँ सहयोग
nepalpress.com · Thu Aug 27 07:19:24 GMT 2026

काठमाडौं । कुमारी बैंकले ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम सहयोग गरेको हो ।
बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)