भोटेकोशी बाढीपीडितलाई अनेरास्ववियुको १० लाख बराबरको राहत
lokaantar.com

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रूपन्देहीले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ।
बाढीबाट प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको राहत लिएर अनेरास्ववियुको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)