विदेशमा भएको सम्बन्धविच्छेदलाई नेपाली अदालतबाट पनि मान्यता
ekantipur.com · Mon May 19 17:27:30 GMT 2025

काठमाडौँ — विदेशी अदालतमा मुद्दा चलेर भएको सम्बन्धविच्छेदले नेपालमा पनि कानुनी मान्यता पाउने सर्वोच्च अदालतले फैसला गरेको छ । नवलपरासीका नारायण सापकोटा र चितवनकी प्रमिसा दवाडीबीचको सम्बन्धविच्छेदको मुद्दामा अन्तर्राष्ट्रिय क्षेत्राधिकार लागू भएको र अन्तर्राष्ट्रिय निजी कानुनको सिद्धान्तअनुसार विदेशमा भएको फैसलालाई आधार बनाएर सर्वोच्चले नेपालमा पनि त्यसले मान्यता पाउने फैसला गरेको हो ।
सर्वोच्चको फैसलाले सम्बन्धविच्छेदको यो मुद्दामा नयाँ नजिरसमेत प्रतिपादन गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाले प्रतिपादन गरेको नजिरअनुसार विदेशी अदालतमा भएको फैसलाले कानुनी मान्यता पाउन तीन सर्त पूरा भएको हुनुपर्नेछ । जुन मुलुकको अदालतले फैसला गरेको हो, उक्त मुलुकमा उक्त फैसलाले मान्यता पाउने र कार्यान्वयन हुन सक्ने हुनुपर्ने पहिलो सर्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)