इरान वार्तामा हतार छैन : ट्रम्प
barnanmedia.com · Thu Aug 27 07:16:25 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताउनुभएको छ । उहाँले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।
अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताउनुभयो । उहाँले अमेरिकाले ‘धेरै ठुलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ सङ्केत गर्नुभयो । सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उहाँले दुवै प्रभावकारी रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)