कान्ति लोकपथमा पहिरोको सास्ती : सडक खुलाउन प्रयास जारी
ratopati.com · Fri Sep 04 10:16:41 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
अत्यधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । विशेष गरी हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली फर्किएका सवारी साधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ । काठमाडौँको एकान्तकुना, टीकाभैरव, ठिङ्गन हुँदै हेटौँडा जोड्ने यो सडक खण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)