कृष्णभीर पहिरो पन्छाउने कार्य तीव्र, ५० मिटर ट्र्याक तयार
ratopati.com · Fri Sep 04 10:22:36 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन वैकल्पिक उपायअन्तर्गत भित्रपट्टिबाट ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो ।
विभागले दिएको आज दिउँसो ३ बजेको अद्यावधिक विवरण अनुसार, हालसम्म दुवैतर्फबाट गरी करिब ५० मिटर ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ । निर्माण गरिएको यो ट्र्याक हाललाई एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्र रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)