दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा
gorkhapatraonline.com · Fri Sep 04 10:23:48 GMT 2026

सधैँजसो बिहान बेलुका घरपरिवारसँग फोनमा कुराकानी गर्ने तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियाका अरुण चौधरी । तर, गत भदौ १० गते बिहान भने उहाँले घरमा फोन गर्न सक्नुभएन । ढिला भएको भन्दै बिहान करिब ८ बजे ‘म अफिस गएँ’ भन्ने सन्देश मात्रै घरमा पठाउनुभयो । सोही दिन बिहान आएको भोटेकोशी नदीको बाढीपछि अरुण घरपरिवारको सम्पर्कमा आउनुभएको छैन । रसुवास्थित लाङटाङ हाइड्रोपावरको इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा कार्यरत अरुण बाढीपछि सम्पर्कविहीन हुनुभएको हो ।
रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा अरुणका बुबा चिन्ता बहादुर चौधरी दश दिनदेखि छोराको पर्खाइमा हुनुहुन्छ । छोराको खोजीमा उहाँ चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुग्नुभयो । तर, कतै पनि छोराको अवस्था पत्ता लाग्न सकेन । “छोरालाई कतै भेटिन्छ कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँ सम्म सबै ठाउँ खोज्यौँ, चिन्ता बहादुरले भन्नुभयो, तर, भेटिएन । अहिले घर फर्किएको छु, ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)