रसुवामा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार
gorkhapatraonline.com · Fri Aug 28 01:02:59 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबारदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चिन्ता बढाएको थियो।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावबिच अत्यन्तै जोखिमपूर्ण तथा चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले बिहीबार टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयवासीको सफलतापूर्वक उद्धार गरेको छ। टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली उद्धारमा जुटिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)