परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्रीबीच फोनवार्ता
baahrakhari.com · Thu Aug 27 07:20:18 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबिच बिहीबार टेलिफोन वार्ता भएको छ । दुई मन्त्रीहरूबीच विपद्पछिको जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले गरेको सहयोगको प्रस्तावका निम्ति धन्यवाद दिए । उनले आवश्यकताअनुसारको कुनै पनि विशिष्ट सहयोगका लागि नेपाल बंगलादेशसँग निकट समन्वयमा रहने बताएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)