सुनसरीमा करिब साढे ३ क्विन्टल गाँजासहित ट्रक समातियो
thahakhabar.com

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरबाट आज ३४० किलोग्राम (किलो) गाँजासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा सो परिमाणको गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)