विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना
gorkhapatraonline.com · Fri Jun 12 12:04:33 GMT 2026

ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थापित संस्था होप फर अल ताप्लेजुङले विश्व बाल श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई केन्द्रिकृत गरि सचेतना प्रदान गरेको हो ।
लागू औषधको बढ्दो प्रयोगलाई रोक्ने भूमिका, यसले स्वास्थ्य, परिवार अनि समाजमा पार्ने नकरात्मक प्रभावका विषयमा विद्यार्थीलाई सचेत गराइएको होप फर अल ताप्लेजुङका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन, गलत संगतबाट बच्न तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)