आठ रात नौ दिनमा सकियो भक्तपुरको गाईजात्रा
ratopati.com · Fri Sep 04 11:19:28 GMT 2026

भक्तपुर । साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)