बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर महानगर
ratopati.com · Fri Sep 04 11:20:05 GMT 2026

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएकाे छ। बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो।
महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)