२ करोड धरौटी बुझाएर कारागारबाट छुटे रोहित गुप्ता
ratopati.com · Fri Sep 04 11:27:18 GMT 2026

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि तत्कालीन सञ्चालकहरू विरुद्ध पनि विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो । विशेष अदालतले उनलाई पुर्पक्षको लागी थुनामा पठाएपछि उनी सर्वोच्च गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)