चितवन राइनोजद्वारा कुशलसहित ७ खेलाडी रिटेन
nepalpress.com · Fri Jun 12 12:14:52 GMT 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज चितवन राइनोजले आगामी तेस्रो सिजनको प्रतियोगिताका लागि सात खेलाडीलाई रिटेन गर्ने निर्णय गरेको छ।
राइनोजले राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लसहित सात खेलाडीलाई यथावत राख्ने भएको हो। टोलीका मार्की तथा कप्तान मल्लसँगै रिजन ढकाल, दीपक बोहोरा, रञ्जित कुमार, कमलसिंह ऐरी, देव खनाल र अर्जुन साउदलाई पनि रिटेन गरिएको फ्रेन्चाइजले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)