एनआईसी एशिया बैंकद्वारा पर्वतको श्री जननेत्र माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग
nepalpress.com · Fri Jun 26 11:42:34 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउँपालिका, देउपुर, पर्वत जिल्लास्थित श्री जननेत्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।
हाल १९१ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा आज एक कार्यक्रमका बीच बैंकका चिफ मार्केटिङ्ग अफिस दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र विद्यालयका प्रधानाध्यापक दिपक शर्मालाई संयुक्त रुपमा शैक्षिक सामग्रीहरु झोला, पेन्सिल, कपी, पेन लगायत र खेलकुद सामग्रीहरुका रुपमा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल, जेवलिन थ्रो लगायतका सामग्रीहरु हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)