एनसेलका सीईओ फोलेले दिए राजीनामा
onlinekhabar.com · Fri Sep 04 11:29:13 GMT 2026

३१ असोज, काठमाडौं । नेपालको एक प्रमुख बहुराष्ट्रिय कम्पनी एनसेलका सीईओ माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत वर्षको असोज अन्तिम साता एनसेलको सीईओ बनेका उनले एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।
पारिवारिक कारण देखाएर सीईओ फोलेले राजीनामा दिएको र ९ भदौमा स्वीकृतिसमेत भएको एनसेलले पुष्टि गरेको छ । यसबारे नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी गराइसकिएको एनलसेलले जनाएको छ । पारिवारिक कारण देखाए पनि नेपालमा काम गर्ने वातावरण नभएको भन्दै उनले चाँडै पद छोडेको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)