गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
ratopati.com · Fri Jul 03 22:04:03 GMT 2026

कास्की । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो ।
आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए । नवलपुरलाई यही असार मसान्तभित्र घोषणा गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)