नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली
gorkhapatraonline.com · Tue May 19 17:03:56 GMT 2026

नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो ।
नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)