ब्रह्मपुत्रमा चीनले बनाउँदै छ ‘जल–बम’
nepalviews.com · Fri Sep 04 11:46:35 GMT 2026

विश्वको सबैभन्दा ठूलो बाँध एउटा यस्तो क्षेत्रमा निर्माण भइरहेको छ, जुन भूराजनीतिक हिसाबले अत्यन्तै संवेदनशील र भूकम्पीय दृष्टिकोणले निकै जोखिमपूर्ण छ । भारतसँगको अत्यधिक सैन्यीकृत सीमाबाट केही किलोमिटर मात्रै पर तिब्बतको यार्लुङ त्साङ्पो नदी ( अन्तर्राष्ट्रिय रूपमा ब्रह्मपुत्र भनिने विश्वकै सबैभन्दा अग्लो स्थानमा बग्ने प्रमुख नदी) माथि विशाल जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यो विशाल बाँधको विद्युत् उत्पादन क्षमता अहिले विश्वकै सबैभन्दा ठूलो चीनकै थ्री गर्जेज बाँधभन्दा पनि धेरै हुनेछ । यसको जलाशयमा जम्मा हुने पानीको मात्रा पनि अत्यन्त ठूलो हुनेछ । यसले भारतको उत्तरपूर्वी क्षेत्र हुँदै बंगलादेशसम्मका लाखौँ मानिसको जीवनमा प्रत्यक्ष असर पार्न सक्ने जोखिम देखिएको छ । बंगलादेशको ठूलो भूभाग समुद्री सतहभन्दा थोरै मात्र माथि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)