विराटनगरमा घरको ट्रष्टमा काम गर्दा खसेर मजदुरको मृत्यु
annapurnapost.com · Fri Sep 04 11:45:38 GMT 2026

विराटनगर : विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्।
उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा बिहान करिब १० बजे राजवंशी एक तलामाथिबाट भुइँमा खसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)