त्रिशूली–स्याफ्रुबेँसी सडक खुलाउन स्थानीयको अवरोध
ratopati.com · Fri Sep 04 11:52:23 GMT 2026

काठमाडौँ । अविरल वर्षा र पहिरोपछि अवरुद्ध बनेको उत्तर–दक्षिण व्यापारिक मार्ग त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक खुलाउन सडक विभागले युद्धस्तरमा काम गरिरहेको भए पनि स्थानीयको अवरोध र भौगोलिक जटिलता मुख्य चुनौती बनेका छन् ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अहिले विभागको मुख्य ध्यान बेनीघाटदेखि बेत्रावती हुँदै स्याफ्रुबेँसीसम्मको सडक सञ्जाल पुनः जोड्नमा केन्द्रित छ । गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक खण्डको विदुर नगरपालिका वडा नं.१० मा स्थानीय बासिन्दाले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै काम रोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)