आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
gorkhapatraonline.com · Fri Sep 04 11:52:40 GMT 2026

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयास स्वरूप शुक्रबार भियतनाम पुग्नुभएको छ । सन् २०२१ को सैनिक सत्ता कब्जापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा बढेको कूटनीतिक एकान्तता अन्त्य गर्ने उहाँको प्रयासका रूपमा भ्रमणलाई हेरिएको छ ।
राष्ट्रपति बनेपछि मिन आङ ह्लाइङले भारत, चीन, लाओस, थाइल्यान्ड, कजाकिस्तान, बेलारुस र रुसको भ्रमण गरिसक्नुभएको छ । ती भ्रमणमा उहाँले सम्बन्धित देशका नेतासँग भेटवार्ता गर्नुका साथै व्यापारिक मञ्चमार्फत विदेशी लगानी भित्र्याउने प्रयास गर्नुभएको थियो । आलोचकले भने यस्तो कूटनीतिक सक्रियता सत्तामा सेनाको पकड बलियो बनाउने उद्देश्यले भएको बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)