एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा
ratopati.com · Fri Sep 04 11:56:14 GMT 2026

काठमाडौँ । नेपालमा विदेशी लगानीका लागि सहज वातावरण नरहेको र कम्पनी सञ्चालनमा विभिन्न कानुनी तथा नियामकीय चुनौती बढ्दै गएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।
फोलेले नियुक्ति पाएको एक वर्ष पनि नपुग्दै एनसेलबाट बाहिरिने निर्णय गरेका हुन्। स्रोतका अनुसार एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रसम्बन्धी विवाद, नियामकीय जटिलता तथा परिवारको दबाबलगायतका कारण उनले राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)