मोरङ कारागारमा दादागिरी गर्ने १९ कैदी प्रहरी नियन्त्रणमा, अन्यत्र पठाउने तयारी
lokaantar.com

विराटनगर ८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा दादागिरी र अराजकता मच्चाउँदै आएको १९ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य कैदीबन्दीले विद्रोह गरेपछि उनीहरूकै सहयोगमा उक्त समूहलाई जेलबाट बाहिर निकालिएको हो ।
कारागारको ‘बी’ ब्लकभित्र आतंक सिर्जना गर्ने, कैदीबन्दीलाई यातना दिने र प्रशासनलाई समेत चुनौती दिने उनीहरूलाई शुक्रबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालयमा कडा सुरक्षाका बीच राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)