धुर्कोटका सुन्तला बिक्री हुन थाले
rajdhanidaily.com · Fri Sep 04 12:19:51 GMT 2026

गुल्मी । तपाई सुन्तला कहिले खानुहुन्छ ? सामान्यतया कात्तिकको अन्तिमदेखि मंसिर र पौषसम्म । बढी नै रहेभने माघको पहिलो सातासम्म । तर गुल्मीमा भदौ महिनामा नै सुन्तला बिक्री भइरहेको छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर अब अचम्म मान्नुपर्दैन । ’cause गुल्मीको धुर्केट गाउँपालिकामा उत्पादन भएका सुन्तला बजारमा बिक्रीको लागि राखिएको छ । सुन्तला स्थानीय बजारका साथै तम्घास, सन्धिखर्क, बुटबल लगायतका ठाउँबाट बिक्री भइरहेको छ ।
गाउँपालिकाको वडा नम्बर २ पिपलधारा बराजामा उत्पादन भएको अन्सु जातको सुन्तला बिक्रीको लागि बजारमा पु¥याइएको छ । ‘अहिलेसम्म चारजना कृषकले २० क्विन्टल सुन्तला दुई लाख ६० हजारमा बिक्री गरिसकिएको छ ।’ कृषक कृष्ण केसीले भने, ‘मूल्य औषत १३० रुपैँया प्रतिकिलो रहेको छ ।’ बुटबलसम्मको ढुुवानी खर्च गाउँपालिकाले व्यहोरेको केसीले बताए । पिपलधाराका कृषकहरुले चार बर्षपहिले काठमाडौंबाट बिरुवा ल्याएर सुन्तलाको चक्लाबन्दी खेती गरेका थिए । उनले समय–समयमा प्राविधिक सहयोग र सिँचाइको व्यवस्था भए सुन्तलाको उत्पादन बढाउन सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)