कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
gorkhapatraonline.com · Fri Sep 04 12:15:14 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । उहाँले कृष्ण मन्दिरमा पूजा तथा आराधना गरी देशमा सुख, शान्ति, तथा समृद्धिको कामना गर्नुभएको छ ।
कृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न विभिन्न स्थानबाट भक्तजन पाटन पुगेका छन् । भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)