‘गीताको अध्ययन र चिन्तन गर्दै श्रीकृष्ण जन्माष्टमी मनाए जीवन सार्थक हुन्छ’
gorkhapatraonline.com · Fri Sep 04 12:27:03 GMT 2026

भगवान श्रीकृष्णको दिव्य र मुख्य सन्देश गीता भएकाले यसको अध्ययन, चिन्तन, मनन् गरी व्यवहारमा उतारे मात्र श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको सार्थक हुनेमा जोड दिइएको छ ।
निरामयम योग प्रतिष्ठानले आज यहाँ आयोजना गरेको श्रीकृष्णजन्माष्टमी महोत्सवमा धार्मिक क्षेत्रका विज्ञले गीताको अध्ययन गरी त्यसलाई जीवनशैलीका रूपमा उतार्न सकेमा मात्र जीवन सार्थक हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वामी नीलकण्ठले भगवत गीता अध्ययन गरी त्यहाँ भनिएका विषयलाई जीवनशैलीका रूपमा नउतार्ने हो भने श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको सार्थक हुन नसक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)