मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबिच शिष्टाचार भेटवार्ता
gorkhapatraonline.com · Fri Jun 12 13:16:47 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । उहाँहरुबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोगलगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)