नेपालकाे कृषि–जलवायुदेखि प्रविधि हस्तान्तरणसम्म सहकार्य अघि बढाउन चीन तयार
shilapatra.com · Fri Jun 12 13:16:00 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।
उनीहरूबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोगलगायत विषयमा समेत छलफल भएको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)