म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
ratopati.com · Fri Sep 04 12:31:03 GMT 2026

तनहुँ । म्याग्दे गाउँपालिकामा उद्यम तथा व्यवसाय विस्तारसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढ्दै गएका छन्। व्यापार, कृषि तथा पशुपालन, होटल तथा रेष्टुरेन्ट, पर्यटन, सेवा तथा उत्पादनमूलक क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने क्रम बढेसँगै गाउँपालिकाको आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको हो।
गाउँपालिकाको आर्थिक विकास शाखाका अनुसार हालसम्म विभिन्न प्रकृतिका ५१४ वटा व्यवसाय तथा उद्यम दर्ता भएका छन्। व्यवसाय दर्ताको तथ्याङ्कले स्थानीय नागरिक उद्यमशीलतातर्फ आकर्षित हुँदै गएका र स्थानीय सीप, श्रम तथा पुँजीलाई गाउँमै परिचालन गर्ने वातावरण निर्माण हुँदै गएको शाखा प्रमुख प्रदीप न्यौपानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)