मृतक आठमध्ये चार जनाको पहिचान खुल्याे
gorkhapatraonline.com · Fri Jun 12 13:20:47 GMT 2026

विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको बताउनुभयो ।
उहाँले मृतकको पहिचान हुनेमा रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा–६ का ७५ वर्षीय सवारी धनी ईन्द्रबहादुर झाक्री, वडा-८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारी रहनु भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)