जनैपूर्णिमा : गोकर्णेश्वरमा श्रावणी स्नान गर्दै बटुक (तस्बिरहरू)
makalukhabar.com · Fri Aug 28 01:15:25 GMT 2026

काठमाडौं। आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा अर्थात् ऋषितर्पणी पर्व श्रद्धा र उत्साहका साथ मनाउँदैछन्।
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा सनातन वैदिक धर्मावलम्बीहरूले पवित्र नदी, कुण्ड, पोखरी तथा तलाउमा स्नान गरी नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र धारण गर्ने परम्परा छ। जनैपूर्णिमाको बिहान तागाधारी समुदायका श्रद्धालुहरू पवित्र जलाशयमा पुगेर विधिपूर्वक श्रावणी स्नान गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)