बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
ekantipur.com · Sun Nov 03 17:42:09 UTC 2024
भक्तपुर — मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौर्फ जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)