षडानन्दद्वारा किसानलाई कृषि औजार वितरण
barnanmedia.com · Fri Jul 03 23:57:05 GMT 2026

भोजपुरको षडानन्द नगरपालिकाले ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यवसायिकरण परियोजना’ अन्तर्गत किसानलाई २७३ मिनि टिलर वितरण गरेको छ । कफि खेतीमा आवद्ध किसान तथा कृषि समूहलाई लक्षित गरेर मिनि टिलर वितरण गरेको हो ।
कफी खेती कार्यक्रमका लागि सङ्घीय सशर्त विषेश अनुदानमार्फत नगरपालिकाले एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । किसानको ५० प्रतिशत लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार दुई करोड ८९ लाख रुपैयाँ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)