समानुपातिक प्रणालीतर्फको बन्द सूची संशोधन हुँदै
rajdhanidaily.com · Sat Oct 01 11:19:49 GMT 2022
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्द सूचीमाथि दलहरूले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ।
आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ। आयोगले बन्द सूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो। आयोगको आग्रहबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)