जसपा निकट नेपाली समाज युएईको अध्यक्षमा राई
ratopati.com · Sun Jan 28 17:02:00 GMT 2024
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट नेपाली समाज युएईको पाँचौ अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा शोभा शर्मा, भूपाल पौडेल महासचिवमा धनकृष्ण राई सचिवमा रञ्जु राई र कोषाध्यक्षमा दीपक गुरुङ निर्वाचित भएका छन् । अधिवेशनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ र विशेष अतिथिको रुपमा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङ्गकाजी शेर्पा सहभागी रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)