ट्रेड युनियन खारेज संविधान विपरित: डा कोइराला
nagariknews.nagariknetwork.com · Fri Jun 12 14:49:40 GMT 2026

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड युनियन खारेजी गर्ने सरकारको प्रयास संविधान विपरित रहेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आयोजना गरेको श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना कार्यक्रममा डा कोइरालाले संविधानले नै किटान गरेको ट्रेड युनियनमा आबद्ध हुन पाउने अधिकार सरकारले खोस्न नसक्ने बताएका हुन् ।
डा कोइरालाले सरकारले ट्रेड युनियन खारेज गर्ने प्रयास गरे सबै एक जुट भएर सरकारको कदम विरुद्ध लाग्नुपर्ने धारणा पनि राखे । डा कोइरालाले मुलुकमा देखिएको समस्याहरु हलका लागि नेपाली कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताए । लोकतन्त्र रक्षाका लागि पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)