बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
khabarhub.com · Fri Sep 04 14:47:35 GMT 2026

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भोलि भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो।
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पु¥याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)