विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
rajdhanidaily.com · Fri Sep 04 14:50:09 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लंघन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
काउन्सिलले आज ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो । निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)