श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
barnanmedia.com · Fri Sep 04 14:59:18 GMT 2026

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राङ्गणमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएपछि खुसी देखिनुहुन्थ्यो । श्रीमान्लाई आफ्नो आधा कलेजो काटेर प्रत्यारोपण गरेपछि सकुशल घर जान पाएकामा ३३ वर्षीया श्रीमती मीनाकुमारी यादव झनै खुसी देखिनुहुन्थ्यो ।
बालगोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँुदा जीवनमरणको सङ्घारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउने अठोट व्यक्ति गर्दै मीनाकुमारी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)